
बुधवार , आषाढ ६, २०८१
काठमाडाैं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खेलकुद क्षेत्रको विकासमा गम्भिर बन्न आग्रह गरेका छन् ।
उनले सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा कम बजेट विनियोजन गरेको उल्लेख गर्दै त्यसको विकासमा ध्यान दिन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका हुन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सरकारले खेलकुद क्षेत्र र युवा समूदायलाई उपेक्षित गरेको भन्दै आपत्ति जनाए । उनले खेलकुद मन्त्रालयको महत्व बुझ्ने विषयमा पनि ख्याल गर्न सरकारलाई सचेत गराए । प्रमुख सचेतक चौधरीले राष्ट्रिय खेलाडीहरुलाई नियमित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
प्रमुख सचेतक चौधरीले खेलाडी उत्पादन गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij