२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

अध्यक्ष ठाकुरको प्रश्नः जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

मंगलवार , आषाढ ५, २०८१

  • 598
    Shares
  • 598
    Shares
  • काठमाडौं, असार ४।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गरेका छन ।


    मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरे । उनले पुराना पार्टीहरु हतियार उठाएरै आएपनि उनीहरुमाथि कुनै मुद्दा नभएको बताए । माओवादीहरु जनयुद्धमा हतियार उठाएर आएपनि उनीहरु प्रति कुनै मुद्दा नभएको भन्दै मधेशीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गरे। 


    उनले भने  ‘नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन । मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो । त्यसैले आजभोलि जुन घटनाहरु भइरहेको छ । त्यो कुनै नौलो घटना होइन । त्यो राज्यको चरित्र हो । र अदालतको पनि त्यही चरित्र हुन्छ । जो राज्यको चरित्र हुन्छ । किनकी राज्यको अङ्ग हो अदालत पनि । राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन । त्यसैकारण अदालतको फैसलामा पनि त्यही देखिन्छ । यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन् । माओवादी तपाईहरु जनयुद्ध गरेर नै आउनुभएको छ । तर बताउन सक्नुहुन्छ  उनको कुनैमाथि मुद्दा छ  कसैको माथि मुद्दा छ आन्दोलन गरेर आएका  हतियार नै उठाएर आएका  छैन । अनि मधेशीहरु माथि नै किन  मेरो यो प्रश्न ।’ 

    उनले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरु कुनै नयाँ घटना नभएका बताए ।