२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु र अर्यालबीच प्रतिष्पर्धा 

अधिकांश पदमा निर्विरोध

बिहिवार , फाल्गुण १३, २०७७

बुटवल, १३ फागुन । 
यस क्षेत्रकै पुरानो र प्रतिष्ठित संस्था बुटवल उद्योग वाणिज्य संघको २४ औं अधिबेशन अन्तर्गतको आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन आज हुँदैछ । अध्यक्ष पदका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष उज्जवल कसजु र वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालबीच प्रतिष्पर्धा हुँदैछ । 

अध्यक्ष पदका उम्मेदबार दुवैले समस्त सदस्य उद्योगी व्यवसायीको पक्षमा काम गरेकोले अध्यक्ष पद्मा आफुले जित्ने दावी गर्दैे आगामी दिनमा पनि संस्थाको उद्देश्य पुरा गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । कसजु र अर्याल दुवै उम्मेदबारले प्यानल नबनाए पनि समिति बनाएर प्रचारप्रसारलाई तीव्र पारेका छन् भने संघका अधिकांश पूर्व अध्यक्षहरुको समर्थन भने कसजुतर्फ छ ।   

यता संघको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र ४ जना वाणिज्य सदस्य पदमा कुल ९ जना निर्विरोध भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् ।
साथै संघको कोषाध्यक्ष पदमा नविन श्रेष्ठ र भेषराज गैरेले प्रतिष्पर्धा गर्दैछन् भने सचिव पदमा बाबुराम विक, बसन्त ढकाल, मुक्ति अधिकारी र सुर्य पराजुलीको भिड्दैछन् । एक एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा निर्विरोध भएका छन् । त्यस्तै ४ वाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल पनि निर्विरोध चयन भएका छन् ।

त्यस्तै ४ उद्योग सदस्य पदमा नरेश श्रेष्ठ, नेत्र पाण्डे, निर्मित कसजु, र संजय कलवार निर्विरोध चयन भइसकेका छन् । खुल्लातर्फको ७ सदस्य पदमा भने १४ जनाको प्रतिष्पर्धा हँदैछ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपक चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधव भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालबीच प्रतिष्पर्धा हुँदैछ  । 

त्यस्तै महिलातर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेकोबीचमा भिडन्त हुँदैछ । संघको अधिवेशन गत फागुन ७ गते सुरु भएको थियो ।