२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मनसुनजन्य जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

शुक्रवार , आषाढ १, २०८१

  • 385
    Shares
  • 385
    Shares
  • काठमाडौं, ३२ जेठ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन् ।

    शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले सरकारसँग यस्तो माग गरेका हुन् । उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा रहेको बताएयो । उनल भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी,पहिरो,चट्याङले ठूलो क्षति पुर्‍याएको र आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्शानी र सयौं नेपाली ज्यान गुमाउनुपरेको बताए ।

    उनले विपद्जोखिम न्युनिकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताए । उनले पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापनाका लागि काम गर्न नसकेको बताए ।

    उनले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको आरोप लगाए । उनले सरकारले विपद् जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गर्न आवश्यक रहेको बताए ।