२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

जसपा नेपालको केन्द्रीय सदस्यमा विद्या प्रसाद यादवले दिए उम्मेदवारी

बुधवार , जेठ ३०, २०८१

  • 607
    Shares
  • 607
    Shares
  • भैरहवा, ३० जेठ ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय सदस्य पदमा रुपन्देहीका विद्या प्रसाद यादवले उम्मेदवारी दिएका छन् । रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहेका यादवले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका हुन् । उनी हाल जसपा नेपालको संघीय परिषद् सदस्य हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमा यादवले लेखेका छन्, ‘जसपा नेपालको राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गरेको छु । मेरो पक्षमा मतदान गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्द्छु ।’

    मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति बन्ने निर्वाचन समितिले जनाएको छ ।