२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौं : सांसद आचार्य

बुधवार , जेठ ३०, २०८१

काठमाडाैं, ३० जेठ । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् । उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताए । उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए ।

उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए ।