२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गर्‍यो : प्रवक्ता महत

मंगलवार , जेठ २९, २०८१

कामठाडौं, २९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बिभिन्न देशमा नियुक्त भएका केहि राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन् ।

अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरुलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ । उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए ।

प्रवक्ता महतले फजुल खर्चमा बजेट बिनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।