२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

प्रधानमन्त्री दाहाल मोदीको शपथ ग्रहण सहभागी हुदै

आइतवार , जेठ २७, २०८१

  • 835
    Shares
  • 835
    Shares
  • काठमाण्डौं,२७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन । 

    प्रधानमन्त्री प्रचण्ड पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन।

    त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुविर महासेठ र नारायणकाजी श्रेष्ठ लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

    प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत प्रस्थान गरेका छन ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।