२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

एमाले रुपन्देहीको अध्यक्ष बने यज्ञ गैरे

शुक्रवार , जेठ २५, २०८१

  • 718
    Shares
  • 718
    Shares
  • भैरहवा, २५ जेठ ।
    नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएको छन् । भैरहवामा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनबाट गैरै अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले शुक्रबार उम्मेदवारी फिर्ता लिएसँगै गैरे सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसअघि उनी जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । गैरेको अध्यक्षतामा १४७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    त्यस्तै एमाले रुपन्देहीको उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्र बहादुर कार्की, उपसचिव (महिला) मा सुनिता ठठेर र उपसचिव (खुल्ला) मा बाबुराम पन्थी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत धर्म बहादुर खड्काले जानकारी दिए ।

    अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडी बढ्ने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई पहिलो पार्टी बनाउने, कार्यकर्ताहरुलाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने प्रतिवद्धता जनाएका छन् । एमाले रुपन्देहीको अधिवेशनमा ८५७ जना प्रतिनिधि सहभागी थिए ।

    को हुन् गैरे ?

    वि.सं. २०३० सालमा गुल्मीको तत्कालिन रुपाकोट गाविस हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा छबिलाल गैरे र जमुना गैरेको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झरेका हुन् । 

    वि.सं. २०४३ सालमा अनेरास्ववियु एकता पाँचौको सदस्यता लिएका उनले अनेरास्वयिुको केन्द्रिय सदस्य भइ २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति भइ स्ववियु काउन्सीलको केन्द्रिय कोषाध्यक्ष भइ काम गरेका थिए । 

    २०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिएका गैरे पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हुँदै नवौं अधिवेशनमा जिल्ला सचिवको जिम्मेवारी बहन गरेका थिए । हाल उनले पार्टीको १० औं जिल्ला अधिवेशनबाट रुपन्देही अध्यक्षमा सर्वसम्मत भएका छन् ।

    Yagya Gaire Uml.JPG

    नवनिर्वाचित अध्यक्ष गैरे यसअघि छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीको अध्यक्ष, सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको सभापति, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको केन्द्रिय

    उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षको समेत सफलतापूर्वक नेतृत्व सम्हालिसकेका छन् । किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहेका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा स्थायी बसोबास गर्दै आएका गैरेले १४७ नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नेछन् । 

    यस्तो छ निर्वाचित कमिटी

    1 (6).jpg
    1 (1).jpg
    1 (5).jpg
    1 (3).jpg
    1 (4).jpg
    1 (2).jpg