
बुधवार , जेठ २३, २०८१
भैरहवा, २३ जेठ ।
नेकपा (एमाले) रुपन्देहीको संक्षिप्त इतिहास पुस्तकको पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पौडेलले भैरहवामा विमोचन गरेका छन् । एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उक्त पुस्तक पौडेलले विमोचन गरेका हुन् । रुपन्देही जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेको एमाले रुपन्देहीको संक्षिप्त इतिहास पुस्तकको प्रकाशन गरेको हो ।
एमाले जिल्ला कमिटी, रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरेका हुन् । पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिष्टको परिचय र प्रसार, नेपाल कम्युनिष्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको संक्षिप्त नेतृत्व परिचय तथा २००९ सालदेखि २०८१ सालसम्मको एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने व्यक्तित्वहरुको समय अवधिसहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।
पुस्तकमा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९–२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८–२०८१) तेजेन्द्र केसीको व्यक्तिगत र पार्टीगत जीवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु. ४ सय ९९ रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij