२०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

बजेट यथार्थ धरातलमा टेकेर आएको अर्थन्त्री पुनको दावी

बुधवार , जेठ २३, २०८१

  • 778
    Shares
  • 778
    Shares
  • काठमाडौं, २३ जेठ । अर्थन्त्री वर्षमान पुनले आगामी आर्थिक बजको बजेट यथार्थ धरातलमा टेकेर आएको दावी गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका बिषयको जवाफ दिदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखिकन हेर्ने हो भने यो बजेट यथार्थ धरातलमा टेकेर आएको दावी गरे । उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आर्थिक वर्ष लाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको उनले बताए ।

    उनले अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकोले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिवद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुने उनले बताए । बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकमको वृद्धि तथा बाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सिर्जना भएको हुँदा बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने उनको विश्वास छ । अर्थमन्त्री पुनले आगामी आर्थिक बर्षको लागि राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनाहरूमा स्रोतको कमी हुन नदिने प्रतिवद्धता जनाए ।

    सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रले परिचालन गर्ने लगानीको कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी गर्ने गरी वातावरण निर्माण हुने अपेक्षा बजेटले लिएको उनको भनाइ छ ।

    उनले आगामी आर्थिक वर्ष राजस्व परिचालन एवं अनुमानलाई अझ बढी यथार्थपरक बनाउने प्रयास स्वरूप राजस्व अनुमान चालु आर्थिक वर्ष भन्दा न्यून गरिएको जानकारी दिए । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने उनले बताए ।