२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

एमाले रुपन्देहीको १० औं अधिवेशन आजदेखि

बुधवार , जेठ २३, २०८१

  • 961
    Shares
  • 961
    Shares
  • भैरहवा, २३ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशन जेठ २३ गते बुधबार (आज) देखि भैरहवामा हुँदैछ । अधिवेशनको आज दिउँसो १ बजे एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदटन गर्नेछन् । अधिवेशन आज र भोली गरी दुई दिन हुनेछ ।

    एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
    उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, रुपन्देही जिल्ला इञ्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए ।

    ‘जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ, ’उनले भने । अधिवेशनको उद्घाटन सत्रमा ३ हजार ५ सय बढीको उपस्थिति रहने बताइएको छ । 

    अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको जिल्ला प्रचार विभाग प्रमुख पन्थीले बताए । 
    ‘विभिन्न उपसमितिहरुले पनि सक्रियतापुर्वक काम गरिरहेका छन् । त्यसै गरी बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ ।’ 
    पन्थीका अनुसार रुपन्देहीमा एमालेको १७ हजार ९८ पार्टी सदस्य संगठित र उत्तिकै संख्यामा शुभेच्छुक पनि छन् । 

    अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थी दावेदारको रूपमा रहेका छन् ।