२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

भैरहवामा रुद्राक्ष मार्ट सञ्चालनमा

मंगलवार , जेठ २२, २०८१

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २२ जेठ ।
    रुपन्देहीको भैरहवामा रुद्राक्ष मार्ट सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा (एसियन बुद्ध होटल) को छेउमा उक्त मार्ट सञ्चालनमा आएको हो ।
    डेढ करोड लगानीमा सञ्चालनमा आएको रुद्राक्ष मार्टको सोमबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । 

    मार्टमा सर्वसुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध हुने मार्टकी सञ्चालक सञ्जु कुंवरले बताइन् ।

    रुद्राक्ष मार्टकी व्यवस्थापक इन्द्रा कुंवरले भनिन्, ‘उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउनेछौं, ग्राहकले एकै स्थानमा धेरै सामान पाउन सक्नुहुनेछ ।’

    मार्टको उद्घाटन कार्यक्रममा श्री दुर्गा संस्कृत वेदवेदाङ्ग विद्यापीठ तिलोत्तमा–१४ दुर्गानगरका अध्यक्ष चन्द्रमणि पौडेल, उद्योगी, व्यवसायी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो। 

    IMG_1793.JPG

    IMG_1817.JPG
    IMG_1845.JPG