२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

सिद्धार्थनगर–९ मा माओवादी केन्द्रको सम्मेलन, अध्यक्षमा कानु

मंगलवार , जेठ २२, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २२ जेठ ।

    नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुनिल कानु बनियाको अध्यक्षतामा वडा समिति सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा हरी थापा मगर, सचिवमा अंकित पौडेल, सह–सचिवमा कमला मरासिनी र कोषाध्यक्षमा सावित्री कुवँर रहेका छन् ।
    त्यस्तै सदस्यहरुमा राधिका थापा, विजय दर्जी, उस्मान अली, विष्णुमाया थापा, मैया टण्डन, प्रदीप भट्टराई, प्रकाश कोईरी र राजु खनाल रहेका छन् ।

    म्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले जनताको मन जित्ने गरी प्रत्येक नेता कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए।

    माओवादी केन्द्र सिद्धार्थनगर वडा नम्बर ९ का इञ्चार्ज मेराज खानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको रुपन्देही–३ (क) का इञ्चार्ज उमेश खनाल, सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खान, नगर अध्यक्ष नारायण बहादुर हमाल, सचिव केशव कुवँर, नगर सचिवालय सदस्य कृष्ण मरासिनी, प्रेम वि.सी., देवसिंह गुरुङ, अंकित पौडेल लगायतले भनाइ राखेका थिए ।