२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवालाई एक महिनाभित्र दोब्बरले वृद्धि गरिने

सोमवार , जेठ २१, २०८१

  • 448
    Shares
  • 448
    Shares
  • बुटवल, २१ जेठ । 
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । शल्यक्रिया कक्ष थप गरी एक महिनाभित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गरे ।

    अस्पतालमा सोमबार पदभार ग्रहण गर्दै ढकालले सेवालाई सरल र छितोछरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता गरे । अस्पतालमा हाल प्रसूती कक्षतर्फ दैनिक १५÷२० वटा शल्यक्रिया हुनेगर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया दैनिक २० वटासम्म हुने गरेको छ ।

    दोस्रो कार्यकालका लागि मेसु बनेका डा. ढकालले आफ्नो नेतृत्वमा परिणाम देखिने गरी सुधार गर्दै लैजाने प्रतिवद्धता गरे । अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाहरुलाई चुस्तदुरुस्त बनाउँदै सकेसम्म सेवाग्राहीलाई अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गरिने उनले उल्लेख गरे । उपचारका लागि बाहिर जानुपर्ने अवस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिवद्धता गर्दै उनले अस्पताल परिवार सबैको सहकार्य र प्रतिवद्धताको खाँचो औल्याए । 

    त्यसै गरी बढ्दो जनसंख्यालाई सेवा दिनुपर्ने भएकाले गुनासोरहित स्वास्थ्य सेवाका लागि सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको साथा आवश्यक रहेको उनले बताए । जनताले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार प्रत्याभूतिका लागि अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमलाई एक महिनाभित्र सुधार गरेर लैजाने उनले प्रतिवद्धता गरे । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराएर सेवालाई सरल र सबैको पहुँचमा पुर्याउनुपर्नेमा उनको जोड थियो । 

    अघिल्लो कार्यकालमा आफूले पूरा गरेका जिम्मेवारीभन्दा यसपटक थप चुनौतीहरु रहेको बताउँदै उनले सबै योजनाहरुलाई व्यवहारिक कार्यान्वयनका आफ्नो पहल रहने उल्लेख गरे । 
    उनले लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको अस्पतालको निर्माणाधिन भवनको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पहल रहने उल्लेख गरे । अस्पतालमा निर्माणको काम भइरहँदा सेवाग्राहीलाई उपलब्ध गराइने स्वास्थ्य सेवामा कुनै कमजोरी वा असर नपर्ने गरी काम अघि बढाउन आफ्नो पहल रहने मेसु ढकालले बताए । 

    indra-dhakal mesu.jpg

    पदस्थापनको अवसरका शुभकामना व्यक्त गर्दै अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. बाबुराम भट्टराईले जनताले सधै सम्झिने गरी जिम्मेवारी पूरा गर्न मेसु ढकाललाई सुझाव दिए । जसभन्दा बढी अपजस आउन सक्ने सार्वजनिक पदमा बसेर काम गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँदै उनले यसका सामना लागि सहकार्य नै उपयुक्त विकल्प भएको उल्लेख गरे । 

    त्यसै गरी अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले शुभकामना व्यक्त गर्दै ठूलो जनसंयालाई स्वास्थ्य सेवा उपलब्ध गराउने लुम्बिनी प्रादेशिक अस्पतालमा सकेसम्म कम भन्दा कम गुनासो आउने गरी कार्यसम्पादन गर्न सुझाव दिए । स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या र चुनौतिहरु रहेको बताउँदै उनले ती चुतौतिको सामना गर्न सक्षम नेतृत्व र भूमिकाको आवश्यक रहने उल्लेख गरे । 

    अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा आयोजित पदस्थापन तथा शुभाकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पतालका विभाग प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।