२०८२, पौष ५ गते

Dec 20 2025 | २०८२, पौष ५ गते

सिद्धार्थनगर सहकारी सञ्जालको दोस्रो साधारणसभा सम्पन्न

सोमवार , जेठ २१, २०८१

  • 760
    Shares
  • 760
    Shares
  • भैरहवा, २१ जेठ ।
    सिद्धार्थनगर नगर सहकारी सञ्जाल समिति सिद्धार्थनगर, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सहकारी संस्था जनतामुखी हुनुपर्ने बताइन् । उनले भनिन्, ‘सिद्धार्थनगर नगरपालिकाको सहकारी शाखाले उत्कृष्ट काम गरेको छ । केही समस्या हुनेबित्तिकै समाधानतर्फ लागेको छ ।’ 

    त्यस्तै समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले नेपाल अहिले आर्थिक मन्दीबाट गुज्रिरहेको र उद्योग, व्यापार, बैंक, वित्तीय संस्था, सहकारी सबै आर्थिक मन्दीको मारले अस्तव्यस्त भइरहेको बताए । उनले भने, ‘जसको प्रभावले गर्दा लगानी गरिएका ऋण, ब्याजहरु समयमा असुल हुन सकिरहेको छैन । यस जटिल अवस्थामा हामी सबै अझ गम्भिर, जिम्मेवार भइ नीति नियममा रहेर सहकारी सञ्चालन गर्न जरुरी देखिएको हुँदा यस आर्थिक मन्दीको अवस्थाबाट धैर्य भइ अघि बढ्न सबैलाई अनुरोध गर्दछु ।’

    सिद्धार्थनगर नगरपालिकाको सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारी एकीकरण आवश्यक रहेको बताए । उनले सहकारी संस्थाहरु प्रविधिलाई आत्मसात गर्दै आफ्ना सदस्यहरुको माग बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चालक समिति सदस्य ज्ञानु पौड्यालले सहकारी सरकारको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले सिद्धार्थनगर नगर सहकारी सञ्जाल समितिले राम्रो काम गरेको बताइन् ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक प्रकाश पन्थी लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीमा प्रविधिको प्रयोगबारे मनोज तिवारीले जानकारीमूलक प्रस्तुतीकरण गरेका थिए ।

    सञ्जालका उपाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको स्वागत तथा सचिव खिम बहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो वार्षिक साधाणसभामा समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    IMG_1323.JPG