२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बुद्धजयन्तीको अवसरमा रोहिणी नदीमा दीप प्रज्जवलन

आइतवार , जेठ १३, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १३ जेठ ।
    २५६८ औं बुद्ध जयन्तीको अवसरमा भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिकास्थित रोहिणी नदी किनारमा दीप प्रज्जवलन गरिएको छ । ‘रोहिणी जाऔं, शान्ति दीप प्रज्जवलन गरौं, शान्ति र सत्मार्गका लागि दीप प्रज्जवलन’ भन्ने नाराका साथ शनिबार साँझ दीप प्रज्जवलन गरिएको तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई समिति गुरुङ्ग समाज सिद्धार्थनगर–१२, रुपन्देहीका अध्यक्ष मोहन सिंह गुरुङ्गले बताए ।

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी नदी ऐतिहासिक नदी भएको बताए । उनले रोहिणी नदीको प्रचारप्रसारमा गाउँपालिका लागिपरेको बताए । अध्यक्ष यादवले लुम्बिनी विकास कोषले पनि रोहिणी नदीको प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘कोषले गर्ने कार्यहरुमा रोहिणी नदीलाई पनि समेटेर अघि बढ्न आवश्यक छ । हामी स्थानीय सरकारकोतर्फबाट लाग्छौं ।’

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका उपाध्यक्ष समेत रहेका लुम्बिनीखबर पत्रिकाका सम्पादक कमल रायमाझीले भगवान गौतमबुद्धले पानीका विषयमा कोलिया राज्य (देवदह) र कपिलवस्तु राज्य (शाक्यवंश) बीच सुरु हुन लागेको युद्धलाई रोकेर शान्ति कायम गरेको क्षेत्र शान्तिको प्रतीक रोहिणी नदीमा शान्ति दीप प्रज्जवलन गरिएको बताए ।

    कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगर, ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे, शान्ति बुद्ध गुम्बा भैरहवाका अध्यक्ष आश बहादुर गुरुङ्ग, श्री पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा कोहार, समाजसेवी अकबाल खाँ, विकास रायमाझी, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, उपाध्यक्ष कमल रायमाझी, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी पूर्वअध्यक्ष सावित्री गुरुङ्ग, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीकी कार्यसमिति सदस्य रचना क्षेत्री, पर्यटन व्यवसायी रविन्द्र शर्मा घिमिरे, श्रीचन्द गुप्तालगायतको उपस्थिति रहेको थियो । 

    IMG_0515.JPG
    IMG_0445.JPG
    IMG_0443.JPG
    IMG_1523.jpg
    IMG_0497.JPG
    undefined
    IMG_1550.jpg
    IMG_0494.JPG
    IMG_0472.JPG
    undefined
    IMG_0478.JPG
    IMG_1551.jpg
    IMG_1552.jpg