२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

स्याङ्जाको सिरुबारीमा कांग्रेस रुपन्देही–३ को १८ औं नियमित बैठक

बुधवार , जेठ ९, २०८१

  • 766
    Shares
  • 766
    Shares
  • भैरहवा, ९ जेठ ।
    नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको नियमित बैठक तथा अवलोकन भ्रमण कार्यक्रम स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित नेपालको पहिलो होम्स्टे ‘सिरुबारी सामुदायिक होमस्टे’ मा सम्पन्न भएको छ । 

    आन्तरिक पर्यटनलाई प्रवद्र्धन तथा गुरुङ्ग संस्कृतिको अध्ययन, अवलोकन गर्नुका साथै नयाँ ठाउँ र परिवेशमा पार्टीलाई र संगठन सुदृढीकरण गर्ने उद्देश्यले बैठक तथा भ्रमण कार्यक्रम गरिएको कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङ्गले बताए । उनले भने, ‘संगठन निर्माण तथा पार्टीमा आम कार्यकर्ताको मनोबल र आत्मविश्वासको अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं ।’

    १८ औं नियमित बैठक क्षेत्रीय सभापति सुशील गुरुङ्गको सभापतित्व, क्षेत्रीय सचिव भवानी शर्माको धन्यवाद ज्ञापन तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । क्षेत्रीय सभापति गुरुङ्गका अनुसार बैठकमा पदाधिकारी तथा सदस्यहरु गरी २१ जनाको सहभागीता रहेको थियो । 

    सिरुबारी सामुदायिक होमस्टेको विकास, विस्तार तथा निरन्तरताका लागि क्षेत्रीय समिति परिवारका तर्फबाट नगद ५ हजार १ सय ५ रुपैयाँ सहयोगस्वरुप होमस्टे व्यवस्थापन समितिका सचिव सुनिता गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो । 

    2.jpeg

    त्यस्तै बैठकले २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार ओम कुमार श्रेष्ठ, उनका प्रस्तावक नारायण बहादुर कार्की र समर्थक रहेका राजेश जि.सी.लाई अनुशासनको कारवाही फुकुवा र क्रियाशील सदस्यता नविकरण गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले जनाएको छ ।

    4.jpg

    २०७९ मा सम्पन्न स्थानीय तह, प्रतिनिधि सभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरुलाई विजयी बनाउन गरेको साथ–सहयोगको मूल्यांकन गर्दै तीनैजनालाई अनुशासनको कारवाही फुकुवा र क्रियाशील सदस्यता नविकरण गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय समेत गरिएको पार्टीले जनाएको छ ।