२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिद्धार्थनगर–१ को अध्यक्षमा राना

मंगलवार , जेठ ८, २०८१

भैरहवा, ८ जेठ ।
नेपाली कांग्रेसको भातृ संघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को अधिवेशन मंगलबार सम्पन्न भएको छ । 
कांग्रेस वडा कार्यसमिति सिद्धार्थनगर–१, बेलहियाको आयोजनामा भएको अधिवेशनले नन्द कुमार रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिद्धार्थनगर–१ को उपाध्यक्षमा तेजेन्द्र गुरुङ्ग, सुकमाया थापा, सचिवमा शर्मिला गुरुङ्ग, पंकज उदास, सह–सचिवमा सारिका थापा गुरुङ्ग, निर्मल गुरुङ्ग र कोषाध्यक्षमा रचना गुरुङ्ग रहेका छन् । त्यस्तै सदस्यहरुमा गोपाल राना, मंगल प्रधान, राम गुरुङ्ग, मन कुमारी गुरुङ्ग र पदम पुन रहेका छन् ।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङ्गले मुलुकमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिहरुको महत्वपुर्ण योगदान रहेको बताए । उनले भाषा, धर्म, संस्कृति, भेषभुषा, रहनसहनलगायतमा सम्पन्न आदिवासी जनजातिहरु अबका आउँदा सन्ततिहरुलाई शिक्षामा अग्रसर र प्रेरित गर्न सके मात्र जनजातिहरुको इतिहासलाई संरक्षण तथा संवद्र्धन गर्न सकिने बताए ।

विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, पार्टीका् सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का, आदिवासी जनजाति महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष जितमान गुरुङ्ग, कांग्रेस रुपन्देही–३ (क) का कोषाध्यक्ष दिपक कुँवर, समाजसेवी डा.शान्त कुमार शर्मा, युवा नेता राकेश गुरुङ्ग लगायतले धारणा राखेका थिए ।

कांग्रेस सिद्धार्थनगर–१ का सभापति मोहन सिंह शाहीको अध्यक्षता तथा पार्टीको रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी विष्णु शर्मा, कांग्रेस सिद्धार्थनगर उपसभापति देवराज न्यौपाने, क्षेत्रीय सदस्य तथा पूर्व वडाअध्यक्ष रमेश मल्ल, नगर सचिव हरिमाया गुरुङ्ग, पूर्व सभापति रमेश सारु, वडा सदस्य मिन बहादुर गुरुङ्ग, राजकिशोर यादव, रामु थापा, पंकज उदास, मनु गुरुङ्ग, सुरेन्द्र सिंह, सन्तोष वराल लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस सिद्धार्थनगर–१ का उपसभापति सुमन शर्माको स्वागत तथा वडा सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।