२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपहरु निराधार भएको भन्दै संसदको रेकर्डबाट हटाउन आग्रह

मंगलवार , जेठ ८, २०८१

  • 745
    Shares
  • 745
    Shares
  • काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसले गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपहरु निराधार भएको भन्दै संसदको रेकर्डबाट हटाउन आग्रह गरेको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए ।

    सांसद पाण्डेले गृहमन्त्रीले लगाएका आरोप सत्य भए प्रमाणीत गर्न र नभए संसदको रेकर्डबाट हटाउन आग्रह गरेका हुन् । उनले राष्ट्रिय सूचनाहरु बेचेको आरोप पुष्टि गर्न चूनौति दिदै उहाले पुष्टि हुन सके गृहमन्त्रीको साथमा रहने जिकिर गरे । पाण्डेले सहकारी प्रकरणमा छानविन समिति गठन नभएसम्म कांग्रेस चूप लागेर नवस्ने स्पष्ट पारे ।

    पाण्डेले बोलेपछि सभामुखले कार्यसूची अघि बढाउनुभएको थियो । त्यसपछि बिपक्षी सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए ।