२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

विदेशी मदिरामा एमआरपी लागु गर्न व्यवसायीको माग

सोमवार , फाल्गुण १०, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल, १० फागुन । मदिरा व्यवसायीहरुले विदेशबाट आयात हुने मदिरामा अधिकतम मूल्य (एमआरपी) लागु गर्न माग गरेका छन्। 

    विदेशबाट आयात हुने मदिरामा एमआरपी लागु नहुंदा स्वदेशी मदिराले प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ। मदिरा व्यवसायी संघ रुपन्देहीको १२औं वार्षिक साधारणसभामा बोल्दै व्यवसायीहरुले राज्यलाई कूल राजस्वको २० प्रतिशत हिस्सा मदिराले बुझाउने गरेपनि राज्यका निकायले व्यवसायीलाई दुख मात्रै दिने गरेको गुनासो गरे। 

    सरकारले मदिरा व्यवसायीका माग सम्बोधन गर्नुपर्ने व्यवसायीको माग छ। कार्यक्रममा मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पा, उपाध्यक्ष विष्णु श्रेष्ठ, महासचिव तारानाथ ढुंगाना, लुम्बिनी प्रदेश अध्यक्ष गिरिराज पौडेल, केन्द्रीय सदस्य राजन केसी, संघका सल्लाहकार एवं पुर्व अध्यक्ष खिमबहादुर खत्री, पुर्व अध्यक्ष अशोककुमार श्रेष्ठ, पाल्पा अध्यक्ष यादवसिंह कार्की लगायतले व्यवसायिक एकता कायम गर्दै व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए। 

    सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ, उद्योग ब्यापार संगठनका महासचिव अनिल ज्ञवाली, तिलोत्तमा चेम्बरका अध्यक्ष बाबुलाल भुसाल, प्रितम गिरी, सूर्य पराजुलीले शुभकामना मन्तव्य राखेका थिए। संघका अध्यक्ष शम्भु भट्टराईको अध्यक्षता,महासचिव हिमाल भुसालको सञ्चालन र यादव पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।