२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

साईन रेसुङ्गा बै‍क १३ औं वर्षमा प्रवेश

बैंकलाई नेपालकै उत्कृष्ट बिकास बैंक बनाउने लक्ष्य

सोमवार , फाल्गुण १०, २०७७

बुटवल, फागुन १०। बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कोभिड प्रभावित सेवाग्राहीलाई झण्डै ९ करोड ५० लाख ब्याज छुट गरेको जनाएको छ। १२ बर्ष अघि ०६५ सालमा स्थापना भएको सो बैंकले कोभिड प्रभावको अवधीमा कुनैपनि ऋणिलाई फोन गरेर ताकेता नगरेको दावी समेत गरेको छ। 

बैंकले समुदायको भावना र चाहाना अनुसार सेवा प्रवाहलाई बिस्तार गर्दै आएको छ भने सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा थुप्रै सहयोगहरु गरेको बताइएको छ। देशभरका झण्डै ९० वटा बिकास बैंक गाभिएर १८ वटामा झर्दा साईन रेसुङ्गा बैंकले आफ्नो अस्तित्व जोगाई रहेकोमा गर्व गरेको छ। 

आफ्नो १३ औं बर्ष प्रबेशको पुर्व संन्ध्यामा आज साेमबार पत्रकार सम्मेलन गर्दै साईन रेसुङ्गा बैंकले माथि उल्लेखित कुरालाई समेत निरन्तरता दिँदै भविष्यमा पनि जनताको हित हुने कार्यक्रम बनाएर सेवा प्रवाह गर्दै जाने बताएको छ। मंगलबारदेखि कालिकानगरस्थित आफ्नै नयाँ भवनबाट सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको सो बैंकले आफुलाई नेपालकै १ नम्बर बिकास बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। 

कुल जारी पूँजी ६ करोडबाट आफ्नो कारोबार सुरु गरेको सो बैंकको हाल चुक्ता पुंजी ३ अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी ४ अर्व १२ करोड पुगेको अध्यक्ष थानेश्वर पौडेलले संचारकर्मीहरुलाई जानकारी दिएका छन्। बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको छ भने बैंकका सेवाग्राहीहरुको संख्या ४ लाख २३ हजार पुगेको अध्यक्ष पौडेलले बताए। 

अध्यक्ष पौडेलका अनुसार यसअघि बैंकले सरकारको मर्जरको निति अवलम्बन गर्दै पाँचवटा बिकास बैंकलाई आफुसँगै गाभ्न सफल भएको छ भने बैंकको काठमाडौंमा २ वटा सहित देशभर ७८ वटा शाखा कार्यालय र ३ वटा एक्स्टेन्सन काउण्टर स्थापना भै सेवा प्रवाह गरिरहेका छन। बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा र १०.९९ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको अध्यक्ष पौडेलले जानकारी दिएका छन्। 

logo_2020.png

रुपन्देही, नवलपारसी र अर्घाखाँची गरि साविक लुम्बिनी अन्चलका ३ जिल्लामा कारोवार गर्ने अनुमति लिएकोमा मर्ज गर्ने र पूँजी बृद्धि गर्ने राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक, प्युठानको गौमुखी बिकास बैंक, भैरहवाको पुर्णिमा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्जगरि राष्ट्रिय स्तरको बिकास बैंक बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए। 

प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार बैंकका ग्राहकलाई सर्बसुलभ सेवा प्रदान गर्दै देशकै नमुना बिकास बैंक बन्ने लक्ष रहेको उल्लेख गर्दै पुनरकर्जा, सहुलिएत ब्याजदर, सामाजिक दायित्व बहन लगाएतका बैंकका बिशेषताहरु रहेका कारण साईन रेसुङ्गाप्रति ग्राहकहरुको आकर्षण बढेको छ। 

बैकमा २ सय ७२ महिला र ३ सय ३५ जना महिला गरि ६ सय ७ कर्मचारी तथा १ सय ६७ जना सुरक्षागार्ड गरी ७ सय ७४ जनाले रोजगारी प्राप्त गरेको पत्रकार सम्मेलनमा जारी बिज्ञप्तीमा उल्लेख छ।