२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भानु माध्यमिक विद्यालयको ४५ औं वार्षिक उत्सव

२ सय १३ जना विद्यार्थीहरुले पाए छात्रवृत्ति

सोमवार , फाल्गुण १०, २०७७

भैरहवा, १० फागुन ।
भानु माध्यमिक विद्यालयले ४५ औ वार्षिक उत्सव, अभिभावक दिवस तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपलिका वडा नम्बर ९ स्थित विद्यालय परिसरमा २ सय १३ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै विद्यालयले वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सामुदायिक विद्यालयमध्ये भानु मा.वि. नगरकै उत्कृष्ट विद्यालयको सूचीमा रहेको बताए । विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख अधिकारीले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताए ।

विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले अबको शिक्षक सूचना तथा संचार प्रबिधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्ने बताए । उनले प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने अवस्था आएको र यसको लागि तीनै तहका सरकार र विद्यालयले मद्दत गर्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी, नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, लायन्स कलब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य, पूर्व शिक्षक तेज प्रसाद पाण्डे, इन्दिरा शर्मा, विद्यार्थी निर्मलराज शाही लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा निवर्तमान शिक्षक बसन्ती पाण्डेले रु. ५० हजारको गोविन्द प्रसाद पूर्ण कुमारी पाण्डे छात्रवृति अक्षयकोष र रु. ५० हजारको मोहन कुमारी सिलवाल छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । त्यस्तै पुर्व शिक्षक तेज प्रसाद पाण्डेले आफ्नो आमा बुवाको नाममा रु. ५५ हजार ५ सय ५५ को गरीब तथा जेहेन्दर छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

विश्व गायत्री गरिब तथा जेहेन्दार छात्रवृति अक्षयकोषका संस्थापक कुन्ती देवी न्यौपानेले अक्षयकोषमा रु ५० हजार थप गरी ३ लाख पु¥याएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले रु. ५० हजार थप गरी इस्लामिक छात्रवृत्ति अक्षयकोषलाई १ लाख ७५ हजार २ सय ५० पु¥याएका छन् । त्यस्तै पूर्व विद्यार्थी मोहन थापाले रु. ५० हजार १ सय १० को आमा तुलसा देवी थापा र स्वर्गीय बुवा कृष्ण बहादुर थापाको नाममा गरीब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् ।

लायन्स कलब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले रु. १ लाख बराबरको फर्निचर समाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै मायादेवी पाण्डे गरीब जेहेन्दार छात्रवृत्तिका संरक्षक डाक्टर संजय पाण्डेले पानीको इलेक्ट्रीक जार सहयोग गर्ने बताएका छन् ।

सो अवसरमा विद्यालयमा अध्यनरत २ सय १३ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । 
कार्यक्रममा फैज अहमद इस्लामिक छात्रवृत्ति १ सय जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण, मेगा बैंक भैरहवा शाखा १ बाट १ जनालाई वार्षिक ११ हजार रुपैयाँ, मेगा बैंक शाखा २ बाट २ जनालाई वार्षिक ११ हजार रुपैयाँ प्रदान, यत्स्तै कुन्ती देवी न्यौपाने छात्रवृत्ति ३५ जनालाई, जनउत्थान तथा सिताराम उप्रेती छात्रवृत्ति १९ जनालाई, मायादेवी पाण्डे गरिब तथा जेहेन्दार छात्रवृत्ति १४ जनालाई, खनाल पौडेल स्मृति छात्रवृति १४ जनालाई, काफ्ले छात्रवृत्ति शारदा काफ्ले ४ जनालाई, भुर्तेल गरीब तथा जेहेन्दार छात्रवृत्ति ५ जनालाई, लायन्स क्लब सिद्धार्थनगर छात्रवृत्ति ४ जनालाई,, बुद्धिराम कुर्मी गरीब छात्रवृत्ति ६ जनालाई, मायादेवी पुनाराम खनाल ४ जना जनालाई दोचन्द्र खग बहादुर कुंवर छात्रवृति ४ जनालाई, संगीता अधिकारी छात्रवृत्ति १ जनालाई वितरण गरिएको छ । समारोहमा विभिन्न दाताहरु तथा सहयोगी संघ संस्थाहरुलाई सम्मान पनि गरिएको छ । 
दुई कोठे शौचालय निर्माण गरी सहयोग गरेका रोटरी क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, २ वटा हात धुने वेसिनसहितको ट्यांकी प्रदान गरी सहयोग गर्नु भएका तथा रु. २ हजार ५ सयका दरले ५ जनालाई छात्रवृत्ति प्रदान गरेका लायन्स क्लब सेन्टिनियल सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापालाई सम्मान गरिएको छ । 

त्यस्तै भास्करानन्द माया शर्मा छात्रवृत्ति अक्षय कोषको संस्थापक भास्करानन्द शर्मा, माया देवी तथा पुनाराम खनाल छात्रवृत्ति अक्षयकोष संस्थापक सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, मेघा बैंक लुम्बिनी प्रदेशका प्रमुख तारा नाथ, मेघा बैंक भैरहवा शाखा दुईका प्रमुख अमृत थापा, मेघा बैंक भैरहवा शाखा एकका प्रमुख विप्लवी त्रिपाठी, पूर्व विद्यार्थी राम थापा, समाजसेवी कुन्ती देवी न्यौपाने, वर्तमान अध्यक्ष फैज अहमद खान, पूर्व विद्यार्थी मोहन थापा, निवर्तमान शिक्षक बसन्ती पाण्डे, लायन्स कलब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बिद्यालयको शैक्षिक व्यवस्थापनमा उल्लेखनीय सहयोग पु¥याएवापत शिक्षक बसन्त खनाल, पिताम्बर पन्त, कृष्ण भण्डारी कार्यालय सहायक सन्दिप ज्ञवाली, कार्यालय सहयोगी कुमार रानालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।

वि.सं. २०३३ मा स्थापना भइ कक्षा १२ सम्म पढाई हुने सो विद्यालयका कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, दितीय तथा तृतीय हुने विद्यार्र्थीरुलाई पुरस्कार वितरण गरिएको छ । त्यसै गरी विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिई प्रथम, दितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । हाल विद्यालयमा ६७८ जना विद्यार्थीहरु अध्ययनरत छन् भने ३४ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।