२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

संसदमा कांग्रेसले असभ्य व्यवहार देखायो : अध्यक्ष ओली

शुक्रवार , जेठ ४, २०८१

  • 490
    Shares
  • 490
    Shares
  • काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

    शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । आफु बसेको ठाँउमा कांग्रेस सांसदहरु आएर अनेक अपशव्दहरु बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए ।

    उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफुमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे ।