२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

बुटवल टाईगर्स राउण्ड टेबलद्वारा शैक्षिक सामग्री  तथा छात्रवृत्ति वितरण

बिहिवार , जेठ ३, २०८१

  • 952
    Shares
  • 952
    Shares
  • बुटवल, ३ जेठ । 
    बुटवल टाईगर्स राउण्ड टेबल २८ को आयोजनामा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिएको छ ।  साईबाबा बिद्यापिठ, देवदह –६, रुपन्देहीमा रहेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुको साथै शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष निरज लाकौलले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रामचन्द्र  पौडेलले विद्यालयमा क्लबले गरेको सहयोगप्रति धन्यवाद दिए । क्लबको सक्रियतामा भौतिक पूर्वाधार लगायतको निर्माण भएको जानकारी दिदै उनले यसको लागि विद्यालय क्लबप्रति सधै नतमष्तक रहेको बताए ।

    ‘एजुकेट अ चाईल्ड’ कार्यक्रम अन्तरगत राउण्ड टेबल नेपालको सहयोगमा छात्रवृत्ति कार्यक्रम आयोजना गरिएको अध्यक्ष लाकौलले बताए ।

    उक्त कार्यक्रम अन्तर्गत ३१० जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै ३ विद्यालयका ५३ जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो।  
    कार्यक्रममा पुर्व अध्यक्ष अखिलेश गुप्ता, आनन्द वझा, सन्जिव श्रेष्ठ, उमेश अमात्य, वर्तमान उपाध्यक्ष प्रदिप शाक्य, सचिव रिशव वझा लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।