२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

गोरखामा रहस्यमय तरिकाले एकै परिवारका तीनको मृत्यु

सोमवार , फाल्गुण १०, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं। गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अबस्थामा भेटिएका छन्।

    जिल्लाको बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीयन नातिनी उषा गुरुङ सुतिरहेकै ठाउँमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन्।
    घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बारपाकले जनाएको छ।

    मृत्यु के कति कारणले भयो भन्ने बिषयमा अहिले सम्म केहि खुल्न सकेको छैन्।