
आइतवार , बैशाख ३०, २०८१
भैरहवा, ३० वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मायादेवी गाउँपालिका वडा नम्बर ८, रुपन्देहीको वडा कार्यसमिति पुनर्गठन गरिएको छ । शनिबार भएको वडा भेलाले ओमप्रकाश वि.क.को अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
वडा समितिको वरिष्ठ उपाध्यक्षमा बद्रि विशाल चौधरी, उपाध्यक्षमा सर्मिला वि.क., सचिवमा सन्तोष मुराउ, सह–सचिवमा लक्ष्मण यादव र कोषाध्यक्षमा नविन वानिया रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अशोक यादव, सावित्री यादव, हरिद्वार गुप्ता, मनिष चौधरी, अनिता थारु, अप्सरा शाही, पूजा शाही र लेख बहादुर खड्का रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा विर बहादुर शाही र राम बहादुर वि.क. रहेका छन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले राप्रपाको भुगोल केन्द्रीत कार्यक्रम अनुसार वडा कार्यसमिति पुनर्गठन गरिएको बताइन् । उनले पार्टीलाई अझ बलियो बनाउन सम्पूर्ण नेता–कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, जिल्ला सदस्य शंकर खत्रीलगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij