२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

भारी वर्षाका कारण बुटवलका विभिन्न स्थान डुबानमा

आइतवार , बैशाख ३०, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ३० बैशाख । भारी वर्षाका कारण बुटवलका विभिन्न स्थान डुबानमा परेका छन् । बुटवलको अमरपथ संगै हाटबजारलाइन नजिकका रुपन्देही उद्योग संघ, राष्ट्रिय समाचार समितीको कार्यालय र पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.  डुबानमा परेका छन्।

    अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि  ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् । फोहोरको लेदोसहितको बाढी पसेर विद्यालय डुबानमा परेपछि  न्यू होराइजन स्कुलले आज  विद्यार्थीहरुलाई बिदा समेत दिएको छ।