२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

सिद्धार्थनगर–६ मा राप्रपाको वडा समिति पुनर्गठन, अध्यक्षमा चौधरी

आइतवार , बैशाख ३०, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ३० वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा समिति पुनर्गठन गरिएको छ । शनिबार भएको पुनर्गठन कार्यक्रममा ममता चौधरीको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति गठन गरिएको राप्रपा रुपन्देहीका जिल्ला सचिव बलराम शर्माले बताए । पुनर्गठित वडा समितिको उपाध्यक्षमा कृपा शंकर मल्लाह, सचिवमा राजबिर मल्लाह, कोषाध्यक्षमा पूर्णवासी गुप्ता र सह–सचिवमा अन्जनी खातुन रहेका छन् ।

    राप्रपा सिद्धार्थनगर–६ वडा समितिका अध्यक्ष दुधनाथ जयसवालको अध्यक्षता, पार्टीकी केन्द्रीय सदस्य स्वाती थापाको प्रमुख आतिथ्यता, केन्द्रीय आमिन्त्रत सदस्य मात्रिका प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, सचिव बलराम शर्मा, प्रवक्ता दिलिप कुमार मल्लिक, जिल्ला सदस्य शंकर खत्री, रीता थापा, सिद्धार्थनगर अध्यक्ष कृष्ण अर्याललगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सो अवसरमा बोल्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले राप्रपाको भुगोल केन्द्रीत कार्यक्रम अनुसार वडा कार्यसमिति पुनर्गठन गरिएको बताइन् । उनले पार्टीलाई अझ बलियो बनाउन सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिइन् ।