२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत बनाउनुपर्छ : जसपा नेपाल बाँके

शनिवार , बैशाख २९, २०८१

भैरहवा, २९ वैशाख । 
जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति बाँकेले वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएको छ । पार्टीका जिल्ला अध्यक्ष तथा नेपालगंज उपमहानगरपालिकका उपप्रमुख (उपमेयर) कमरुद्दीन राईले शुक्रबार विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत बनाउनुपर्ने तथा एकताबद्ध भएर पहिचान र संघीयतालाई सबल बनाउनुपर्ने र विभिन्न आन्दोलनका वीर शहीदहरुको सपना साकार पार्नुपर्ने बताएका छन् । 

‘संसद अधिवेशन आव्हान भइसकेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको साथै जसपा, नेपालका बहुमत केन्द्रीय सदस्यहरु दलप्रति प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मानसिकताका व्यक्तिहरु निर्वाचन आयोगमा गइ अवैधानिक निवेदनको आधारमा दल विभाजन गरेकोले यस्ता गैरजिम्मेवार कार्यको जसपा नेपाल बाँके जिल्ला कार्यसमिति घोर भ्रत्र्सना गर्दछ, ’विज्ञप्तीमा उल्लेख छ । साथै अवैधानिक रुपमा दल दर्ता भएको हुँदा जसपा नेपालको केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानूनी कारवाहीको लागि मुद्दा प्रक्रियामा जाने भएकोले अदालतको आदेश आफूहरुको पक्षमा आउनेमा विश्वस्त रहेको राईले बताए ।

‘अदालतको फैसला हाम्रो पक्षमा आएमा, कसैको बहकाव, लोभ लालच एवं अन्य कुनै कारणले कुनै पनि निर्वाचित जनप्रतिनिधिहरु सचेत रहन पनि आव्हान गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

जसपा नेपाल सदियौदेखि शासक वर्गले नेपालका उत्पीडित समुदायमाथि हुँदै आएको शोषण, दमन र विभेदको विरोधमा मधेश जनविद्रोह, थरुहट आन्दोलन, मुस्लिम आन्दोलन, दलित र महिला आन्दोलन लगायत आदिवासी जनजाती÷शोषित खसआर्य आन्दोलनको जगमा जन्मिएको पार्टी भएको अध्यक्ष राईको भनाइ छ ।

‘जसपा, नेपाल बाँकेका जिल्ला कार्यसमितिका सम्पूर्ण नेता कार्यकर्ता हाम्रो गौरवशाली पार्टी, पहिचानवादी, संघीयताका सर्जक मधेश मसिहा माननीय उपेन्द्र यादवज्यूको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालमा नै एकताबद्ध रहेको यसै विज्ञप्तीमार्फत जानकारीको लागि अनुरोध छ, ’अध्यक्ष राईले भनेका छन् ।

बाँके जिल्लामा रहेका केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य, प्रदेश समिति सदस्य एवं जनवर्गीय संगठनका समितिहरु आफूहरुको साथमा रहेको उनले दावी गरे ।