images
images

मंगलवार, जेठ ८ गते २०८१

मारवाडी क्रिकेट लिग : जनकपुर र वीरगंजको सहज जीत

मारवाडी क्रिकेट लिग : जनकपुर र वीरगंजको सहज जीत

images
images
images
शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • मारवाडी क्रिकेट लिग : जनकपुर र वीरगंजको सहज जीत

    भैरहवा, २८ वैशाख ।
    रुपन्देहीको भैरहवामा जारी चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का शुक्रबार भएका दुई खेलमा जनकपुर रोयल्स र वीरगंज ब्लास्टरले सहज जीत निकालेका छन् । जनकपुरले शिवम् वारियर्स हेटौंडालाई ५७ रन र वीरगंजले लुम्बिनी लायन्स भैरहवालाई ६ विकेटले पराजित गर्दै सहज जीत हात पारेका हुन् ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि हर्ष शर्माले अविजित ५९ रनको योगदान गर्दा राहुल नहरले २९, आकाश मोहन्काले २६ र अनमोल चौधरीले २५ रनको योगदान दिए । बलिङमा हेटौंडाका गौतम शर्मा, आर्यन अग्रवाल, नितेष अग्रवाल र नितान्त जैनले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको हेटौंडाले ७ विकेटको नोक्सानीमा १ सय ३२ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि प्रफूल अग्रवालले ५५, शशांक चाननीले २३ र गौतम शर्माले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन र टीम पराजित भयो । बलिङमा जनकपुरका प्रविण अग्रवाल र राहुन नहरले २–२ तथा आषिश सराफ र रागभ मुरारकाले १–१ विकेट हात पारे । खेलमा हर्ष शर्मा म्यान अफ द म्याच भए ।

    दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बीरगंजले निर्धारित खेलमा १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि राजन केएलले ४० र गौरव अग्रवालले ३२ रन बनाए । बलिङमा लुम्बिनीका दिनेश अग्रवालले ३, शुभम अग्रवाल र किशन शर्माले २–२ तथा राहुल अग्रवाल र सोमेश अग्रवालले १–१ विकेट लिए ।

    प्रतिउत्तरमा लुम्बिनीले ७ विकेटको नोक्सानीमा जम्मा ९८ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि शुभम अग्रवालले ३६, आदर्श कागजीवालले १३ र मनिष गर्गले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले सानो लक्ष्य भेट्टाउन सकेन र हार व्यहोर्यो । बलिङमा वीरगंजका राजन केएल, पियुश शर्मा, कृष्ण सोनी र समय रुगंटाले समान १–१ विकेट लिए । खेलमा राजन केएल म्यान अफ द म्याच भए । 

    1715336445174.jpg

    नेपाल राष्ट्रिय मारवाडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा यो समूहका खेलहरु शनिबारसम्म मात्रै सञ्चालन हुनेछन् । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोज कुमार अग्रवालले जानकारी दिए ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij