images
images

सोमवार, जेठ ७ गते २०८१

‘क्लिन’ एण्ड ‘ग्रिन’ सिटी बन्दै सिद्धार्थनगर

‘क्लिन’ एण्ड ‘ग्रिन’ सिटी बन्दै सिद्धार्थनगर

images
images
images
शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • ‘क्लिन’ एण्ड ‘ग्रिन’ सिटी बन्दै सिद्धार्थनगर

    बुटवल, २७ बैशाख । सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । सिद्धार्थगर अर्थात भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पनि हो । हरेक दिन हजारौं पर्यटक भित्रिने र बाहिरीने मुख्य नाकाका रुपमा  रहेको छ नगर । प्रवेशद्वारलाई मात्रै नभएर नगरलाई नै सुन्दर र हराभरा बनाउन सकियो भने पर्यटकमा पनि राम्रो सन्देश जानुका साथै वातावरण पनि स्वच्छ रहन्छ ।

    images
    images
    images

    यहि महान उद्देश्य लिएर जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग मत मागेर विजयी बनेका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रतिबद्धता कार्यान्वयनकै क्रममा रहेको बताएका छन् । जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग गरेको प्रतिवद्धतालाई कायम गर्न आफु प्रतिबद्ध भएर लागेको बताए ।

    स्थानीय तहको निर्वाचनका क्रममा उम्मेदवार बनेका नगरप्रमुख खानले आफूले जति मत ल्याउँछु, उति नै बिरुवा रोप्छु भनी सङ्कल्प गरेका थिए ।  नगर प्रमुख खान त्यही सङ्कल्पअनुरूप अघि बढेकाले नगरको सुन्दरता बढ्दै गएको हो । खानले निर्वाचनका बेला मत बराबरको रुख र फूलको बिरुवा रोप्ने जनाएका थिए । नगर प्रमुख खानका अनुसार वृक्षारोपण कार्य निरन्तर चलेको बताउदै यसमा सहयोगका लागि विभिन्न संघ संस्था, व्यक्ति आदीले पनि सहयोग गर्दै आएको बताए । हरेकले एक विरुवा रोप्नु पर्ने र रोपेको विरुवालाई मलजल गरि जिवन्त राखेमा पहिलो शहरको सौन्दर्यकरण हुने र दोस्रो हरियाली सहित अक्सिजनको मात्रा बड्न सक्ने बताए । हामीले नगरका अधिकांश ठाउँमा विरुवा रोपेका छौं । ‘नगरपालिकाको कार्यालय आफै, अगुवाई र विभिन्न संघ–संस्थाको सहकार्यमा वृक्षारोपण गर्न सफल भएका छौं, उक्त कार्यको श्रेय सम्पूर्ण नगरबासीलाई दिन चाहन्छु भन्र्दै नगरप्रमुख खानले रोपेका विरुवाहरुलाई छाडा चौपायाबाट बचाउने, पानी र मलको व्यवस्था गर्ने काम पनि भैरहेका बताए । साथै हरेकले विरुवालाई जलमल गरि जिवनत राख्नु पर्ने बताए ।

    हरित सिद्धार्थनगरले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खुसी बनाएको छ । सिद्धार्थनगरको मुख्य सडकहरुमा अहिले वृक्षारोपण गरिएको छ । नगरलाई सुन्दर र हरियाली शहरको रुपमा विकास गर्नका लागि वृक्षारोपणलाई अभियानको रुपमा सञ्चालन गरिएको नगरप्रमुख इश्तियाक अहमद खानले बताए ।  उनले यस अभियानले वातावरण संरक्षणमा समेत टेवा पु¥याएको बताए । खानले नगरलाई हराभरा बनाउनका लागि र सौन्दर्यकरण कायम गर्नका लागि यो अभियान निकै फाइदाजनक रहेको बताए । ‘बढ्दो तापक्रमबाट थोरै भए पनि केही राहत हुन्छ कि भनेर वृक्षारोपण अभियान चलाउनुको उद्देश्यमध्ये एउटा यो कारण पनि हो । नगरप्रमुख खानले भने, ‘वृक्षारोपण करले होइन रहरले गर्ने हो र यो हामी सबैको लागि प्रत्येक दृष्टिकोणले फाइदाजनक विषय हो ।’

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले रोपिएका बिरुवाको संरक्षण तथा व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको दाबी गरिन । उपप्रमुख अधिकारीले  नगरवासीको सहकार्यमा बिरुवा रोप्ने तथा त्यसलाई स्यारसुसाहर गर्ने र हुर्काउने काम भैरहेको भनाई छ र्।  हराभरा र फूलको सहरका रूपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको पनि उनको भनाई छ ।  
    नगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्ड्ली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ। नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैङ्क रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्ध चोकलगायतका क्षेत्र हरियाली बनाएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले विभिन्न सस्थासँग पनि मिलेर वृक्षारोपण गरेको प्रमुख प्रशासकीय अधिकृत जनक थापा जानकारी दिए । रोपिएका विरुवाको संरक्षणका लागि नगरपालिकाले कर्मचारीको व्यवस्थापन समेत गरेको बताए । उनका अनुसार विरुवाको स्याहारसुसार, मलजलको साथै सिंचाईका लागि नगरपालिकाले पानी हाल्नका लागि २ ओटा ट्यांकरसहित ४ जना विरुवा हुर्काउने कार्यका लागि खटाइएको छ ।

    अहिले सिद्धार्थनगरका विभिन्न स्थान हराभरा र सुन्दर देखिन थालेको छ । बेलहियादेखि अञ्चलपुरसम्मको डिभाईडर र छेउछेउमा रोपिएका विरुवाले नगर नै सुन्दर र हरियाली देखिन थालेको छ । सिद्धार्थ नगरनगरपालिकाका कृषि अधिकृत योगेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाले यस वर्ष पनि आँप, लिची, एबोगाडो, अमला, कटहर लगाएतका विभिन्न जातका विरुवा तथा फूलका विरुवाहरु असारमा ४ हजार विरुवा अनुदानका रुपमा नगरबासीलाई वितरण गर्ने योजना रहेको बताए ।

    खाँनले स्थानीय तहको निर्वाचनका क्रममा ९ हजार १ सय ३४ मत प्राप्त गरी निर्वाचित भएका थिए । आफुले पाएको मत बराबरकै वृक्षरोपण गर्ने भनिएता पनि हालसम्म करिब २० हजार बोटविरुवाहरु रोपियको सिद्धार्थनगर नगरपालिका का प्रेस संयोजक सल्मान खानको भनाई छ । २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा  निर्वाचित भएको केहि दिनमा २ वर्ष पुरा हुदै छ । प्रमुखले बोले अनुरुप विरुवा त रोपिएको भएपनि यो पुण्यको काम भएकाले नगरले निरन्तरता दिदै आइएको छ । अभियानलाई निरन्तरता दिन विभिन्न संघ संस्था, टोल वासी,आमा समुह, युवा समुह तथा व्यक्रिले आ आफ्ना घर आगन, सडक पेटी तथा मुख्य सडक पेटीमा विभिन्न जातका फलफूल तथा रुखहरु रोपिएको छ ।

    सिद्धार्थनगरका प्रभात पथ, हिमाली पथ, जन कपथ, गाग्री पथ, भैरहवा गाँउ, उदयपुर, लुम्बिनी गेट लगाएत बेलहिया देखि अञ्चलपुरसम्म ७ किलोमिटर सडकको छेउछाउमा अमला, लिचि, कटहर, एभोगाडो, आप, राजवृक्ष , कपुर, रुद्धाक्ष, अर्जुन, बर पिपल, स्वामी, गुलाव, बेगमबेलीफुल आदी फलफुलका विरुवाहरु रोपिनुका साथै कर्मचारीहरु नै राखेर मलजल गर्ने , गोडमल गर्ने, कटानीछाटनी आदी कार्य गरिदै आएको पनि प्रेस विज्ञ खानको भनाई छ ।

    भारतसँग सिमा जोडिएको सिमानाका भएकालेपनि नगरभित्र खुल्लारुपमा आवतजावत हुने, खल्लारुपमा गुड्का सुपारी, पान आदी विक्री वितरण हुने , खाने चपाउने र जथाभावी थुक्ने हुदाँ नगरको सौन्दर्यकरणमा गिरावट आएको थियो । सुर्तिजय पदार्थ किनवेचमा कडाई तथा जथाभावी थुक्नेलाई कारवाही आदी अभियान संचालन पछि थप सौन्दर्यकरणमा वृद्धि भएको स्थानिय दिपक विश्वकर्माको भनाई छ । नगरलाई हराभरा र हरियाली बनाउने नगरप्रमुखको प्रतिवद्धता सहित काम पनि गरेकाले हामी खुशी छौ र यसको संरक्षण हाम्रो पनि दायित्व हो अर्का स्थानिय विकास थापाको भनाई छ ।

    सिद्धार्थराजमार्गको स्त्तरवृद्धि, बिचको डिभाइडरमा विरुक्षा रोपण तथा सडक पेटी छेउछाउमा रोपिएका बोटविरुवाका कारण नगरको थप सौन्दर्यता बढेको अर्का स्थानिय  रिता शर्माको भनाई छ । भैरहवामा बालबालिकाहरुको लागि बनाइएको खेलमैदानसहितको दरखसवा पार्कमा घुर्मि, गुलमोहर लगायतका करिब एक हजार विरुवा लगाइएको नगरपालिकाले जनाएको छ । उक्त वृक्षारोपण पछि पार्कको सौदर्यकरणमा  थप वृद्धि भएको छ । ’आफ्नो घर अगाडिको विरुवा बिहान साँझ मलजल गरेर विरुवाको संरक्षण गर्न नगरपालिकाको कार्यालयले सम्पूणै नगरबासीमा आग्रह समेत गरेको छ । यस क्षेत्रको बढ्दो तापक्रमलाई पनि मध्यनजर गर्दै वृक्षारोपण अभियानलाई निरन्तर चलाइने छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij