images
images

मंगलवार, जेठ ८ गते २०८१

छानविन समिति गठन नभएसम्म विरोध कायमै राख्ने कांग्रेसको निर्णय

छानविन समिति गठन नभएसम्म विरोध कायमै राख्ने कांग्रेसको निर्णय

images
images
images
शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • छानविन समिति गठन नभएसम्म विरोध कायमै राख्ने कांग्रेसको निर्णय

    काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म विरोध कायमै राख्ने निर्णय गरेको छ ।

    images
    images
    images

    संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानविन समिति कांग्रेसको बटमलाईन भएको भन्दै माग पुरा नभएसम्म विरोध जारी रहने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिए । उनले छानबिन समिति गठन पार्टीको बटमलाइन भएको भन्दै उहाले त्यसबाट पछि नहट्ने स्पष्ट पारे ।

    संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उनले बताए । कांग्रेसले उठाएका बिषय सवै नेपाली जनताको चासो र सरोकारको बिषय भएको ठहर रहेको उनको भनाइ छ । बैठकले सरकारको गैर जिम्मेवार र असंवेदनशील चरित्रले संसदीय छानविन समितिको आवश्यकतालाई थप पुष्टि गरेको निष्कर्ष निकालेको लेखकले बताए । उनले सहकारी ठगीमा संलग्न मानिसहरुलाई बचाउन सरकारले राज्यका संवैधानिक निकाय समेतको अवैधानिक र अमार्यादित ढङ्गले दुरुपयोग गरी रहेको धारणा राखे ।

    त्यस्तै बैठकले डढेलोबाट धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै आगजनी तथा डढेलो नियन्त्रणका साथै विपदको घडीमा क्षति पुगेको घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । त्यस्तै बैठकले देशका बिभिन्न स्थानमा खानेपानी समस्या देखिएको भन्दै समस्याको समाधान तत्काल गर्न सरकारसंग माग गरेको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij