images
images

मंगलवार, जेठ ८ गते २०८१

राप्रपा ओमसतिया–५ को वडा समिति पुनर्गठन, अध्यक्षमा कुर्मी

राप्रपा ओमसतिया–५ को वडा समिति पुनर्गठन, अध्यक्षमा कुर्मी

images
images
images
शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • राप्रपा ओमसतिया–५ को वडा समिति पुनर्गठन, अध्यक्षमा कुर्मी

    भैरहवा, २८ वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ओमसतिया गाउँपालिका कार्यसमिति अन्तर्गत वडा समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार ओमसतिया–५ मा भएको कार्यक्रममा सुजित कुर्मीको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति गठन गरिएको राप्रपा रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १०१ जना राप्रपामा प्रवेश गरेको उनले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै बिहीबार नै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओमसतिया–५ वडा समिति पनि पुनर्गठन गरिएको शर्माले जानकारी दिए ।

    कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अली, आमन्त्रित केन्द्रीय सदस्य मात्रिका प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij