images
images

सोमवार, जेठ ७ गते २०८१

राष्ट्रिय युवा संघ ओमसतियाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

राष्ट्रिय युवा संघ ओमसतियाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • राष्ट्रिय युवा संघ ओमसतियाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    भैरहवा, २७ वैशाख ।
    राष्ट्रिय युवा संघ, नेपालको ३५ औं स्थापना दिवसको अवसरमा संघको ओमसतिया गाउँ कमिटीले बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ । संघले ओमसतिया–३ हाटीफर्साटिकरस्थित श्री जनता आधारभुत विद्यालयमा गरिब तथा जेहेन्दार १५० जना विद्यार्थीहरुलाई कापी, पेन्सिल, भित्तेघडी लगायत सामग्री प्रदान गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य किरन नेपालले ओमसतिया गाउँ कमिटीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको  बताए । उनले आगामी दिनमा पनि मानव सेवालाई प्राथमिकता राखी काम गर्न आग्रह गरे ।

    उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, जिल्ला कोषाध्यक्ष नारायण थापा, ओमसतिया गाउँपालिका  कमिटी इञ्चार्ज जे.पी. रायको उपस्थिति रहेको थियोे ।  भरतराज भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अनुप मल्लले गरेका थिए  ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij