images
images

सोमवार, जेठ ७ गते २०८१

शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइसकेको छ : शिक्षामन्त्री श्रेष्ठ

शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइसकेको छ : शिक्षामन्त्री श्रेष्ठ

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइसकेको छ : शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं, २७ बैशाख । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइसकेको बताएकी छन् ।

    images
    images
    images

    सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले पालीकामा शिक्षक र विद्यार्थी अनुपातको तथ्याङ्कका आधारमा अनुपात मिलाउने काम सुरु भइसकेको बताएकी हुन् । उनले विधार्थी कम भएका सामुदायिक विद्यालयहरुलाई मर्ज गर्न सकिने भएपनि राजनीतिक दववाका कारण मर्ज गर्न कठिन भइरहेको प्रतिक्रिया आएको जिकिर गरिन् ।

    त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य छनौटको काम सकिएको भन्दै छिटै प्रधानमन्त्रीलाई बुझाउने उनले बताइन् । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्ने पहल गरिरहेको पनि धारणा राखिन् ।

    बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयलाई सुधार गर्न शैक्षिक क्यालेण्डरका आधारमा परिक्षा र नजिता सार्वजनिक गर्ने योजनामा रहेको बताए । उनले विश्वविद्यालयमा दलका भातृ संगठनको गतिविधिले काम कारवाहीमा असर पर्ने गरेको भन्दै अव शैक्षिक संस्थामा भातृ संगठन परिचालन गर्ने बिषयमा दलहरुले सोच्न जरुरी रहेको उल्लेख गरे ।

    उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारका नियुक्त गर्दा मनोवल गिर्ने देखिएको भन्दै यसमा पनि दलहरुले पुर्नविचार गर्नुपर्ने धारणा राखे ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij