२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

बिहिवार , बैशाख २७, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • काठमाडौं, २७ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ ।

    बिहीबार नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश भएको हो । नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले वुधवार राति मुख्यमन्त्रीमा दाबी  पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा बैठक बसि निर्णय गर्ने जानकारी दिए ।