images
images

सोमवार, जेठ ७ गते २०८१

सिद्धार्थनगर सिटी हस्पिटलमा २४ सै घण्टा न्यूरो सेवा

सिद्धार्थनगर सिटी हस्पिटलमा २४ सै घण्टा न्यूरो सेवा

images
images
images
बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • सिद्धार्थनगर सिटी हस्पिटलमा २४ सै घण्टा न्यूरो सेवा
    अस्पतालको सेवाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलन । तस्विर : खबरपात्रो

    भैरहवा, २६ वैशाख ।
    सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले विगत एक वर्षदेखि अनुभव प्राप्त डाक्टरद्वारा २४ सै घण्टा न्यूरो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । टाउकोमा चोटपटक लाग्ने, रगत जम्ने तथा चोटपटकका प्रायजसो बिरामीलाई न्यूरो सेवा अत्यावश्यक हुने गरेकोले यस क्षेत्रमा गुणस्तरीय सुविधासम्पन्न न्यूरो सर्जरी सेवा प्रदान गर्दै आइरहेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

    images
    images
    images

    सवारी दुर्घटनाबाट घाइते बिरामीलाई दक्ष चिकित्सक तथा स्तरीय मेसिन औजारको खोजीमा भैरहवा बाहिर जान नपर्ने गरी न्यूरो सर्जरीमा डा. सन्नी थापा तथा अर्थोपेडिक सर्जनहरुको टीमद्वारा सबैखालका उपचार पद्दतिबाट सफल उपचार गरिने उनले बताए ।
    ‘उपचारको लागि यत्रतत्र भौतारिन नपर्ने गरी मस्तिस्क तथा नशा रोग (न्यूरो सर्जरी) विशेषज्ञ सेवा सञ्चालन गरेको यस अस्पतालले ट्रमा न्यूरो तथा सर्जरी सेवामा ख्याति प्राप्त गरेको छ, ’उनले भने ।

    हस्पिटलले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै सबैखालका रोगको सहज तरिकाले उपचार गर्दै आएको र हालसम्म नेपालका विभिन्न प्रतिष्ठित हस्पिटलमा लामो अनुभवप्राप्त वरिष्ठ डाक्टर तथा टीमद्वारा अन्य सबै डिपार्टमेन्टहरु सञ्चालन गरिरहेको उनले बताए । 

    न्यूरो सर्जन डा. सन्नी थापाका अनुसार यो हस्पिटलमा न्यूरो सर्जरी अन्तर्गत टाउकोमा कुनै पनि खालको चोटहरु र रगत जमेका बिरामी, टाउकोमा ट्युमर, मेरुदण्डमा ट्युमर, मस्तिष्कघात (रगतको नशा फुटेर वा नशामा रगत जमेर), मेरुदण्डमा चोटपटक वा नशा च्यापिएका बिरामी, टाउको दुखिरहने, वान्ता हुने, प्यारालाईसिस भएका तथा प्यारालाईसिसका लक्षणहरु देखिएका बिरामीहरुको उपचार हुने गरेको छ ।

    त्यस्तै अकस्मात आँखा, कान कमजोर हुने, बोली लरबराउने, मुख बांगिने, बेहोस हुने, मीर्गी, चरिफाइ, छारेरोग, दौरा हुने बिरामी, हातगोडा झमझमाउने पोल्ने जस्ता समस्या भएका बिरामीहरुलाई सेवा दिदै आइरहेको डा. थापाले जानकारी दिए ।

    अस्पतालमा तीनवटा मोडुलर ओटी, आइसीयू, एचसियू तथा अत्याधुनिक पोष्टअप निरन्तर सञ्चालनमा रहेको र काठमाडौंका विभिन्न प्रतिष्ठित हस्पिटलमा लामो अनुभव प्राप्त विशेषज्ञ डाक्टरहरुको टीमद्वारा निरन्तर सेवा दिइएकाले न्यूरो तथा सर्जरी सेवामा दिनप्रतिदिन बिरामीको चाप बढिरहेको अस्पतालको भनाइ छ । यो हस्पिटल ट्रमा न्यूरो तथा सर्जरीका बिरामीहरुको पहिलो रोजाइ बन्न सफल भएको प्रबन्ध निर्देशक पौडेलले बताए ।

    हस्पिटलले न्यूरो सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरेकाले गुणस्तरीय सेवा लिनका लागि यस क्षेत्रको पहिलो आकर्षणको केन्द्र बन्न सफल भएको उनले दावी गरे । त्यस्तै जनरल सर्जरी अन्तर्गत डा. हरि शर्मा र टीमद्वारा प्रायजसो शल्यक्रिया (अपरेशन) हरु लेजर/दुरबिनबाट गरिदै आएको पौडेलले बताए । मोडुलर ओटी, हस्पिटलको सरसफाईको कारणले अपरेशन गरेका बिरामीहरुमा इन्फेक्सनको कुनै डर नभएको तथा पारिवारिक वातावरणले गर्दा बिरामीहरुले हस्पिटलमा सेवा लिन पाउँदा खुसी व्यक्त गरेको उनको भनाइ छ । अस्पतालका अनुसार, एपेन्डिसाइटिस, फुुटेको आन्द्रा, हर्निया, सबै खालका पत्थरी, पित्तथैली, पाठेघर लगायतको शल्यक्रिया दुरबिन प्रविधिबाट गर्न थालिएको हो । अस्पतालका जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा.हरि शर्माले सिद्धार्थनगर सिटी अस्पताल अब लगभग सम्पूर्ण खालका शल्यक्रिया गर्न दुरबिन प्रविधिसँग जोडिएको बताए ।

    अस्पतालका अध्यक्ष डा.सुबोध पाण्डेयले सुलभ दर र सहज रुपमा सिद्धार्थनगर सिटी अस्पतालमा दक्ष चिकित्सकद्वारा उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको बताए । अस्पतालले नियमित सेवाहरु अन्तर्गत फिजिसियन सेवा, मृगौला रोग सेवा, बालरोग सेवा, महिला रोग तथा प्रसुति सेवा, यौन तथा छाला रोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल सर्जरी सेवा, अत्याधुनिक ल्याव सेवा, सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, आईसीयु, एनआईसीयु लगायतका सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij