images
images

आइतवार, जेठ ६ गते २०८१

मलेसिया जाने कराते खेलाडीलाई विदाई

मलेसिया जाने कराते खेलाडीलाई विदाई

images
images
images
बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • मलेसिया जाने कराते खेलाडीलाई विदाई

    भैरहवा, २६ वैशाख ।
    मलेसियामा हुने २० औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ । नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशले मंगलबार साँझ रुपन्देहीको भैरहवामा खेलाडी विदाई एवं शुभकामना कार्यक्रम गरेको हो । 

    images
    images
    images

    नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा प्रशिक्षक कमरुद्दीन अलीको नेतृत्वमा ११ जनाको टोली बुधबार (आज) मलेसियातर्फ प्रस्थान गर्दैछ । उक्त टोलीमा खेलाडीहरु आइलेस जंग थापा, आविष्कार श्रेष्ठ, सानह्वी राज्यलक्ष्मी चन्द, चन्द्रशेखर जैसवाल र लेभिन जंग थापा मलेसिया जाँदैछन् । त्यस्तै खेलाडीसँगै अभिभावकहरु सुलोभना घिमिरे, आर्जु महरा श्रेष्ठ, दिपेन्द्र चन्द, नुमा शर्मा र माया कलवार पनि मलेसिया जाँदैछन् । 

    कराँते प्रशिक्षक कमरुद्दीन अलीका अनुसार टोली ९ तारिख मलेसिया पुग्नेछ । प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ । उनले भने, ‘विभिन्न तौल र उमेर समूहमा खेलाडीले प्रतिष्पर्धा गर्नेछ । बारम्बार विदेशमा सञ्चालन हुने प्रतियोगितामा सहभागीता जनाएर तथा पदक जितेर नेपाललाई चिनाएका छौं । ’

    खेलाडी विदाई एवं शुभकामना कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले खेलकुद र खेलाडीकै माध्यमले नेपाललाई विश्वमै चिनाउन सकिने बताए । उनले भने, ‘खेलकुद प्रतियोगितामा प्रतिनधित्व गर्नु पनि ठूलो कुरा हो । सरकारले खेलकुद क्षेत्रमा धेरै लगानी गर्नुपर्छ । ’ उनले सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । 

    त्यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले सरकारले खेलकुदमा प्रयाप्त बजेट नछुट्याएसम्म राष्ट्रको विकास हुन नसक्ने बताए । उनले भने, ‘खेलाडीका लागि बजेट बिनियोजन गर्ने निकायले ध्यान दिएनन् । खेलाडीको निम्ति लडाई गर्दै आएका छौं । ’ खेलकुदका धेरै पूर्वाधार बनाउनुपर्ने र अधिकतम खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने उनले बताए । उनले भने, ‘खेलकुदको विकासमा जनप्रतिनिधि अझ जिम्मेवार बन्नुपर्छ । हामी खेलाडीले जित्दा गर्व महसुस गर्छौं । अपनत्व लिन खोज्छौं । तर, खेलाडीका लागि लगानी गर्न पछाडी पर्छौं ।’ खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ । निजी स्रोतबाट नै खेलाडी उत्पादन भइरहेको उनको भनाइ छ ।

    ब्रिटिश ग्रामर स्कूल, रुपन्देही (नमस्ते एकेडेमी) का प्राचार्य राजेन्द्र कुँवरले व्यक्तिगत लगानीमा खेलाडी तथा अभिभावकहरु राष्ट्रको प्रतिनिधित्व गर्दै मलेसिया जान लागेको बताए । उनले भने, ‘यसअघि खेलाडीहरु मलेसिया र श्रीलंका गइसकेका छन् । चौथोपटक मलेसिया जाँदैछन् । प्राय खेलमा स्वर्ण पदक जित्दै आएका छौं । विद्यालयले विद्यार्थीहरुलाई सीप सिकाएको छ ।’

    नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशका अध्यक्ष जनेश पन्थीले नेपाली खेलाडीले विभिन्न देशमा गोल्ड मेडल जितेको बताए । उनले खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।

    नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशका सचिव राजु भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_8169.JPG

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij