images
images

आइतवार, जेठ ६ गते २०८१

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

images
images
images
मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

    लुम्बिनी, २५ वैशाख ।
    लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बंगैचामा मंगलबार विश्वशान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामना सहित पाठ गरिएको हो ।

    images
    images
    images

    रुस–यूक्रेन युद्धबाट शान्ति खोज्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभसहितका समुदायले बगैचा तयार पारेका हुन् । रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैचा निर्माणलगायत संरचनाका लागि सहयोग गरेका छन् ।

    मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष  गेसे योङतेनसहित नेपालका लामा गुरुहरुको उपस्थितिमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।

    उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्विचरण) सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्व शान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्ध जन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भए पनि ईट्टा थप्न पाएकोमा खुशी व्यक्त गरे । पछिल्लो समय रुस–यूक्रेन युद्ध चर्किदा बौद्ध सम्प्रदायले बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको खोजी गर्दै आउने क्रम बढेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij