images
images

आइतवार, जेठ ६ गते २०८१

अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ : जसपा नेपाल

अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ : जसपा नेपाल

images
images
images
मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ : जसपा नेपाल

    काठमाडौं, २५ बैशाख । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ ।

    images
    images
    images

    पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए । उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनले बताए ।

    सुमनले केहि व्यक्तिहरुले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दावी गरे । प्रवक्ता सुमनले आफुहरुकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताउनुभयो । यद्दपी पार्टी बिभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ ।

    उनले महाधिवेशनलाई समयमा नै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij