images
images

आइतवार, जेठ ६ गते २०८१

कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोज्यो : रास्वपा

कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोज्यो : रास्वपा

images
images
images
मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोज्यो : रास्वपा

    काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ ।

    images
    images
    images

    सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो । बैठकपछि सहप्रवक्ता मनीष झाले बिभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस बिषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा राखे । बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका बिषयमा छलफल भएको उनले जानकारी दिए ।

    बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताएका थिए । नले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिएका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij