२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

संविधानका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन् : सञ्चारमन्त्री शर्मा

सोमवार , बैशाख २४, २०८१

  • 805
    Shares
  • 805
    Shares
  • काठमाडाैं, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकका धेरै राम्रा व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छन् ।

    गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएकी हुन् । उनले यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान सके सचेतनाको पक्षमा राम्रो भुमिका निर्वाह गर्ने धारणा राखीन् ।

    शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने भन्दै नेपालको राजनीतिको विभिन्न कालखण्डको प्रत्यक्षदर्शी भएको समेत स्मरण गरिन् । गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।

    मन्त्री शर्माले गोरखापत्रले समय अनुकूल पाठक बढाउन सक्नुपर्नेमा जोड दिनुभयो। संस्थानको वार्षिकोत्सवको अवसरमा संस्थानका कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।