भैरहवा, २३ वैशाख । रुपन्देहीको भैरहवामा भएको दोस्रो सिद्धार्थनगर आमन्त्रण प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा तथा प्रथम सिद्धार्थनगर रनिङ्ग शिल्ड तेक्वान्दो प्रतियोगिता २०८१ मा रामग्राम तेक्वान्दो क्लब प्रथम भएको छ । ९ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी उक्त क्लब प्रथम भएको हो ।
त्यस्तै ४ स्वर्ण, ४ रजत र ६ कास्य गरी आयोजक भैरहवा तेक्वान्दो क्लब दोस्रो तथा ३ स्वर्ण र १ कास्य पदक प्राप्त गरी द गेट अफ लुम्बिनी तेस्रो भएको भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्याल (विष्णु)ले बताए ।
प्रतियोगितामा पुरुषतर्फ दाङका कमल परियार र महिलातर्फ (रामग्राम तेक्वान्दो क्लबकी आयुसा सहानी उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै खजहना तेक्वान्दो सेन्टर अनुशासित टीम बन्यो ।
भैरहवा तेक्वान्दो क्लबको आयोजना, सिद्धार्थनगर नगरपालिका रुपन्देहीको सहयोग तथा भैरहवा तेक्वान्दो डोजाङ्गको व्यवस्थापनमा वैशाख २१ र २२ गते उक्त प्रतियोगिता भएको हो । भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले बताए । प्रतियोगितामा पुरुषतर्फ १४ खेल बजन, महिलातर्फ १२ खेल बजन समूह गरी जम्मा २५ खेल बजन समूहमा लुम्बिनी प्रदेशभरीका २७० भन्दा बदी खेलाडीहरुले सहभागीता रहेको उनले जानकारी दिए ।
२५ स्वर्ण २५ रजत र ५० काश्य गरी १ सय वटा पदकका लागि प्रतिष्पर्धा भएको प्रतियोगिताका संयोजक हिरालाल कोहारले बताए ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रथम सिद्धार्थनगर आमन्त्रण खुल्ला तेक्वान्दो प्रतियोगिता–२०७९ को संयोजक पदमा रही कार्यक्रमलाई भव्यताका साथ सफल बनाएको भन्दै दीपक न्यौपानेलाई सम्मान गरिएको थियो ।
त्यस्तै १३ औं साग गेम्स कास्य पदक विजेता एवं १९ औं एसियन गेम्समा सहभागी सिद्धार्थनगरका अन्तर्राष्ट्रिय खेलाडी गोबिन्द बहादुर आले र १२ औं साग गेम्समा कास्य पदक विजेता खेलाडी सुनिल पौडेललाई पनि सम्मान गरिएको थियो ।