२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

राष्ट्रियसभाको विधायन समितिद्वारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन

शुक्रवार , बैशाख २१, २०८१

  • 823
    Shares
  • 823
    Shares
  • लुम्बिनी, २१ वैशाख ।
    राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुद्ध जन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्रका बारेमा जानकारी लिएको छ। 

    लुम्बिनी विकास कोषको कार्यालयमा समितिका सभापति र सदस्यहरुले लुम्बिनी गुरुयोजना अन्तर्गत योजनाहरुको कार्यान्वयन, तिलौराकोट विश्व सम्पदा सूचिमा सूचीकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएर छलफल गरेका हुन् ।

    कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलवस्तु विश्व सम्पदा सूचीका सूचीकरणका अन्तिम मनोनयन दस्तावेज पेश गरिएको लगायतका विषयमा समितिलाई जानकारी गराएका थिए । 

    उक्त अवसरमा विधायन समितिका सभापति माया प्रसाद शर्माले बुद्ध जन्मस्थल लुम्बिनीका सन्दर्भमा स्थलगत अध्ययन गर्ने उद्देश्यले आफूहरु आएको बताए । महत्वपूर्ण दस्तावेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायहरूको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नुपर्ने सभापति शर्माले बताए । 

    छलफलमा विधायन समितिका सदस्यहरु एवं राष्ट्रियसभा सदस्यहरु गोपाल भट्टराई, गोमा देवी तिमल्सिना, युवराज शर्मा, रेनु चन्द, सुमिज्ञा बि.सि.समिति सचिव कमला शाक्यको उपस्थिति रहेको थियो । 

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारले लुम्बिनी गुरुयोजना कार्यान्वयन र प्रगतीका विषयमा जानकारी दिइएको सदस्य सचिव सानुराजा शाक्यले बताए । समितिको टोलीले शुक्रबारै बुद्ध जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदान लगायतका क्षेत्रहरुको भ्रमण गरेका छन् ।

    सरकारलाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय, सल्लाह दिन समेतका लागि संविधानको धारा ९७ तथा राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली, २०७५ को नियम १४७ बमोजिम सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको गठन भएको हो ।