२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तरक्रिया

बिहिवार , बैशाख २०, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, २० वैशाख ।
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले भैरहवा कार्यालयले अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा २५ जना अभिकर्ताको सहभागीता रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भैरहवा शाखा प्रमुख अमरदीप गुप्ताले बताए ।

    उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख कृष्ण प्रसाद पोखरेलले जीवन बीमा तथा अभिकर्ताको महत्वलगायतका विषयमा भनाइ राखेका थिए । कम्पनीले समयसमयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको जनाएको छ ।