२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री पुन

बुधवार , बैशाख १९, २०८१

  • 670
    Shares
  • 670
    Shares
  • काठमाडौं, १९ बैशाख ।  अर्थमन्त्री बर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति बिषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

    उनले  बिभिन्न तथ्याङ्कहरुको आधारमा गतबर्षभन्दा सुधार देखिएको जिकिर गरे । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक बृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।

    मन्त्री पुनले जलविधुत लगाएतका क्षेत्रमा केहि राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने केहि समस्या देखिएको धारणा राखे ।

    उनले किसानहरुलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रीक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ ।