images
images

शनिवार, जेठ ५ गते २०८१

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

images
images
images
मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

    इलाम, १८ वैशाख ।

    images
    images
    images

    इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्वाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८३० मतले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् ।

    नेम्वाङले २७ हजार ७७२ मत ल्याएर विजयी भए भने कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । 

    अघिल्लो निर्वाचनमा इलाम–२ बाट सुहाङका बुवा सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । इलाम–२ मा एमालेले डेढ दशकदेखिको विरासतलाई निरन्तरता दिएको छ ।

    उता बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा पनि नेकपा एमालेकै दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । यो उपनिर्वाचनमा एमालेले निर्वाचन भएका दुवै क्षेत्रमा जित निकालेको हो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij