images
images

शुक्रवार, जेठ ४ गते २०८१

२५६८ औं बुद्ध जयन्तीको तयारी सुरु

२५६८ औं बुद्ध जयन्तीको तयारी सुरु

images
images
images
सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • २५६८ औं बुद्ध जयन्तीको तयारी सुरु

    लुम्बिनी, १७ वैशाख ।
    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइने बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ । 

    images
    images
    images

    आगामी जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस बजेट अभावका कारण बुद्ध जयन्तीको तयारी तीव्र रुपमा अगाडि बढ्न सकेको छैन । संघीय सरकारले बुद्ध जयन्तीका लागि प्रत्येक वर्ष छुट्याउँदै आएको बजेट कटौती भएपछि यो वर्ष बुद्ध जयन्तीको तयारीमा ढिलाइ भइरहेको छ । 

    संघीय सरकारले वार्षिक रुपमा १ देखि ४ करोडसम्म बुद्ध जयन्तीका लागि बजेट छुट्याउने गरेकोमा आर्थिक वर्ष २०८१/८२ मा भने बजेट छुट्याएको छैन ।  कोरोना महामारीपछि २०७९ सालमा २५६६ औं बुद्धजयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भव्यताका साथ मनाएको थियो । 

    त्यतिखेर संघीय सरकारले ३ करोड बढी बजेट छुट्याएको थियो । भगवान बुद्धको सबैभन्दा महत्वपूर्ण दिनका रुपमा वैशाख पूर्णिमालाई लिने गरिएको र विगतदेखि नै बुद्ध जयन्तीलाई उत्सवका रुपमा मनाउने गरिएकोमा यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा त्यसले बुद्ध जयन्ती भव्य रुपमा मनाउन चुनौती देखिएको लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले बताइन् । उनले कोषका तर्फबाट व्यवस्थापन गर्ने तयारी भए पनि संघीय सरकारले बजेट नदिदा भव्य बनाउन कठिन हुने बताइन् ।लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामहरु समेत पर्यटकहरुको दान एवं प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट हुँदै आएको छ ।  

    लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बुद्ध जयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्नेमा त्यसो नभएको बताए । संघीय सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्तीका बेलामा ५० लाख १ करोड नभइ पर्याप्त बजेट छुट्याएर मनाउनुपर्ने उनको सुझाव छ । बुद्धजयन्ती एक दिनका लागि मात्रै नभइ कम्तीमा एक हप्तासम्म मनाउनुपर्ने उनले बताए । ‘बुद्धिष्ट देशका राजदूत, कुटनीतिक नियोगका प्रमुख, विदेशी पाहुनाहरु ल्याएर मनाउनुपर्छ’ उनले भने –‘झारा टार्ने गरी मनाउनुहुँदैन ।’ उनले साँच्चिकै लुम्बिनीमा बुद्ध जन्मेको हो भनेर छाप छोड्ने गरी बुद्ध जयन्ती मनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । 

    विश्वभरका बौद्ध धर्माम्बलम्बीहरुलाई बुद्ध जयन्तीमा लुम्बिनी आउने वातावरणका लागि सरकारले पर्याप्त बजेट छुट्याएर भव्य कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । बुद्ध जयन्तीमा विदेशी पाहुनाहरु आउँदा त्यसले स्थानीय होटल व्यवसायीहरुलाई पनि चलायमान बनाउने बताए । बुद्ध जयन्तीमा स्थानीयहरुलाई जोडेर, प्रदेश स्थानीय र संघीय सरकारले संयुक्त रुपमा मनाउन सके त्यसले राम्रो सन्देश दिने अध्यक्ष ज्ञवालीले बताए । 

    बुद्ध जन्मस्थल लुम्बिनी आएका तीर्थालुहरुले समेत बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको कुनै तयारी नदेख्दा आश्चर्य प्रकट गरेका छन् । 

    पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्ययनरत दाङका नरेश उपाध्यायले तीन सातापछि हुने बुद्ध जयन्तीको कुनै पनि तयारी नदेखिदा अचम्म लागेको बताए । उनले बुद्धको जन्मजयन्तीमा विश्वभरका बौद्धमार्गीहरुलाई लुम्बिनी आउने वातावरण बनाउनुपर्ने सुझाव दिए ।  ‘केही वर्षअघि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत आएर बुद्ध जयन्ती मनाइएको थियो । अब पनि त्यस्तै अन्तर्राष्ट्रिय उच्च ओहोदाका व्यक्ति, विदेशी कुटनीतिक निकायका प्रतिनिधि एंव विश्वभरका बौद्धिष्टहरुलाई ल्याउन सके त्यसले लुम्बिनीलाई थप उचाईमा पुर्याउन सहयोग ग¥थ्र्यो’ उनले भने । 

    जेठ १० गतेको बुद्ध जयन्तीका लागि लुम्बिनी विकास कोषले बजेट अभावकै कारण मूल आयोजक समिति गठन गर्नेबाहेक अन्य तयारी गरेको छैन । कोषले २५६८ औं बुद्धजयन्तीका लागि ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
    बुद्ध जन्मस्थल लुम्बिनी आफैमा नेपालको सम्पत्ति भएकाले यसको विश्वव्यापी प्रचारका लागि बुद्ध जयन्तीलाई अवसरका रुपमा लिनुपर्नेमा त्यसो नभएकोमा अर्घाखाँचीकी बसन्ता विश्वकर्माले चिन्ता व्यक्त गरिन । विश्वभर नेपाल चिनाउने बुद्ध भएकाले आउँदै गरेको बुद्ध जयन्तीलाई सरकारले औपचारिक रुपमा सार्वजनिक विदा दिएर मात्रै मनाउन नहुने बताइन् । 

    बुद्ध पूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरु भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । त्यस्तै नेपालसहित चीन भारत युरोप लगायतका देशहरुमा सम्मानको साथ मनाउने गरिएको छ । 

    गौतमबुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्ध जयन्तीलाई विशेष उत्सव र नेपालको पर्वका रुपमा मनाउनुपर्ने सरोकारवालाहरुको माग छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले सरकारले बुद्ध जयन्तीमा स्थानीयहरुलाई समेत जोडेर राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताउँछन् । उनले बुद्धजयन्तीलाई बुद्धका सन्देशहरु र दर्शन बुझ्ने र लुम्बिनीको प्रचार विश्वव्यापी बनाउने गरी मनाउनुपर्ने बताए । 

    नेपालमा तत्कालिन राजा त्रिभुवनले वि.सं. २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिए पछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मनाउन थालेको हो । 
    विभिन्न बौद्ध मुलुकहरुको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्र संघ समेत अन्तर्राष्ट्रिय रुपमै बुद्ध जयन्तीलाई मान्यता प्रदान गरी सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरुमा बुद्ध जयन्ती मनाउन बिदा दिदै आएको छ । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij