images

शनिवार, बैशाख २९ गते २०८१

‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृष्ट प्रतिक्रिया

‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृष्ट प्रतिक्रिया

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृष्ट प्रतिक्रिया

    भैरहवा, १६ वैशाख ।
    युवा डाइरेक्टर तथा लेखक एबम सञ्चारकर्मी रामजी ज्ञवालीको पछिल्लो डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ । शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघ–संस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रह्यो । फिल्मका कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतसहित निर्माण टीमका सदस्यहरू विशेष प्रदर्शनमा उपस्थित रहे ।

    images
    images
    images

    रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गरेको छ । यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडिओ निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा.उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर डकुमेन्ट्री सर्ट फिल्म निर्माण गरिएको बताए  ।रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा विशेष प्रदर्शन गरिएको थियो ।

    निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन सुरूवात गरिएको बताए । उनका अनुसार अब देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ प्रदर्शन गर्ने तयारी छ । बुटवल, हेटौंडामा छिट्टै विशेष प्रदर्शन गर्ने तयारी रहेको बताउँदै ज्ञवालीले जापान, हङकङ र अमेरिकामा पनि फिल्मको प्रदर्शन तय भएको जानकारी दिए । आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन् ।

    437347932_419173724191442_7534155346351499880_n.jpg

    निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन् । फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनर भरत कंडेल हुन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij